Logo

प्रमुख समाचार

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट दुई मन्त्रीले लिए शपथ



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । लामाे समयकाे छलफल तथा संवादपछि नेपाली कांग्रेसबाट सरकारमा दुई मन्त्रीलाई सहभागी गराउँदै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेसबाट आइतबार मन्त्री भएका दुबै जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आइतबार हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीबाट उनीहरूले शपथ ग्रहण गरेका हुन् । कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा र काभ्रेका सांसद तीर्थ लामा पहिलो चरणमा मन्त्रिपरिषद्‌मा सहभागी भएका हुन् ।

दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिञ्चाईंमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । अब प्रदेश सरकार ६ सदस्यीय भएको छ । अझै ५ वटा मन्त्रालय मन्त्रीविहीन छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १९:१६   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।