काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा नेपालगञ्ज विमानस्थलमा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ । सोमबार बिहान नेपालगञ्ज अवतरण गरेका ओलीलाई स्वागत गर्न कार्यकर्ताहरु हवाई सुरक्षाको ख्याल नगरी जान दिइएको हो ।
ओलीको स्वागतार्थ कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको थियो । एमाले अध्यक्ष ओली सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज जिमानस्थलमा अवतरण गरेको थियो ।
नेपालगन्ज सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो । विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत बिनाबोर्डिङ पास जहाजको नजिकै जान दिइँदैन । तर, आज ओलीको स्वागतमा भने जहाजको ढोकामै कार्यकर्ताको ठूलो भीड लागेको हो ।
नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले सुरक्षाको जिम्मा पाएको प्रहरीको कमजोरीका कारण यस्तो बताए । ‘यो नहुनु पर्ने थियो’, उनले भने, ‘यसलाई व्यवस्थित गर्ने जिम्मा नेपाल प्रहरीको हो ।’




















प्रतिक्रिया