झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहित १० जनाको टोलीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेललगायतका १० जनाले एकसाथ एमाले छाडेको घोषणा गरेका हुन् ।
खरेल झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट नेता हुन् । उनी एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका नेता हुन् ।
खरेलसहितको टोलीले पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक अपमान र तिरस्कारको सामना गर्नु परेको भन्दै एमाले छाडेको जनाएका छन् । घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गरेपछि खरेल उनीसँगको संवादमा थिए ।
अब उक्त टोली एकीकृत समाजवादी प्रवेश गर्ने बुझिएको छ । यसअघि हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी एमाले छाडेर नेकपा समाजवादीमा प्रवेश गरेका थिए ।




















प्रतिक्रिया