Logo

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित नेपालगन्जमा सम्मानित



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल नेपालगन्जमा सम्मानित भएका छन् । पौडेललाई केपी ओली युवा पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कार राशी १ लाखको रहेको छ ।

नेपालगन्जमा जारी राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई सम्मान गरेका हुन् ।

गत महिना रोहितको कप्तानीमा नेपालले १२ एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई)मा ११ मा जित हासिल गरि जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १६:४१   :  बजे

450
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।