काठमाडौं । दुई करोड ‘घुस डिल’ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् । आयोगले दिएको २४ घन्टाको समय नघाएर सोमबार राति अबेर उनले स्पष्टीकरण दिएका हुन् ।
श्रेष्ठले सार्वजनिक अडिओमा भएको आवाज आफ्नो नभई कसैले नक्कल गरेको ‘फेक’ भन्ने दाबी गरेका बताइएको छ । उनले स्पष्टीकरणपछि अनुशासन आयोगको बैठक आज बस्दैछ । सो बैठकले आज दिनभरिमा ठोस निर्णय लिने आयोगका संयोजक भरत देवकोटाले बताए । आयोगलाई पार्टीमा प्रतिवेदन बुझाउन भोलिसम्मको समय छ ।
श्रेष्ठले आवाज आफ्नो भएको स्वीकार नगरेपछि यसको अनुसन्धानका लागि फरेन्सिक टेस्ट गर्नुपर्ने हुन्छ । गत माघ १ गते व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो आइतबार उनै प्रसाईंले कपुरबोट टिभीमार्फत सार्वजनिक गरेका थिए ।




















प्रतिक्रिया