Logo

राजनीति

ढाकाकुमारको ‘घुस डिल’ प्रकरण : अनुशासन समितिले बुझायो प्रतिवेदन, केन्द्रीय समिति बैठक बाेलाइयाे



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन तथा आचरण समितिले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको ‘घुस डिल’ प्रकरणबारे छानबिन प्रतिवेदन बुझाएको छ ।

आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न लागेको भन्दै माघ १ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफाेनमार्फत दुई करोड मागेको अडियो आइतबार सार्वजनिक भएपछि उनीमाथि छानबिन गर्न पार्टीले अनुशासन समितिलाई निर्देशन दिएको थियो ।

७२ घण्टाको समयसीमा पाएको समितिले मंलबार साँझ प्रतिवेदन बुझाएको रास्वपा महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । प्रतिवेदन बुझाएसँगै रास्वपाले भोलि (बुधबार) बिहान ९ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकले प्रतिवेदनका आधारमा निर्णय लिने उनले बताए ।

अडियाे बाहिरिएलगतैदेखि रास्वपाले श्रेष्ठलाई निलम्बन गर्नुका साथै सांसद तथा पार्टी सदस्यका रुपमा काम गर्न राेक लगाएकाे छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार २१:२२   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।