काठमाडौं । सिंगापुरले आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कपका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ । अरित्रिया दत्तको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।
समूह बी मा रहेको सिंगापुरका साथै सो समूहमा बहराइन, हङकङ, युएई र कुवेत रहेका छन् । मुलपानीमा १८ अप्रिलमा हङकङसँग खेल्दै सिंगापुरले प्रतियोगिताको सुरुआत गर्ने छ ।
सिंगापुरको दोस्रो खेल टियु मैदानमा २० अप्रिलमा बहराइनसँग तथा तेस्रो खेल टियु मैदानमा नै २३ अप्रिलमा युएईसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल टियुमा २५ अप्रिलमा कुवेतसँग रहेको छ ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ । छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
१६ सदस्यीय सिंगापुरको टोलीमा अरित्रिया दत्त (कप्तान), अभि दिक्षित, अमरत्य कौल, सुरेन्द्रन चन्द्रमोहन,मनप्रित सिंह, आयान मोदी, सिदार्थ श्रीकान्त, रमेश कुलिमुन्थु, उम्लिदुराइ थालिपान, अक्षय पुरी, विनोथ बासकारान, अब्दुल रहमान, रोहन रंगाराजन, अदिति भारांगाभा, प्रसिन पराम र विनीत मेहता रहेका छन् ।




















प्रतिक्रिया