काठमाडौं । निर्वाचन आयाेगले १० वैशाखमा हुने उपनिर्वाचन पर्यवेक्षण गर्न ६ वटा संस्थालाई अनुमति दिएको छ । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनपछि विभिन्न कारणले रिक्त भएका बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचन अनुगमन गर्न आयोगले यी ६ संस्थालाई अनुमति दिएको हो ।
पर्यवेक्षणका लागि अनुमति पाउनेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।
ती संस्थाबाट निर्वाचन क्षेत्र खुलाई सिफारिस भएर आउने पर्यवेक्षकले आयोगबाट पर्यवेक्षकको अनुमतिपत्र पाउने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।




















प्रतिक्रिया