काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले भएभरको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप लगाए।
‘सरकारले अहिलेसम्म चालू खर्च ५१ दशमलब ४६ प्रतिशत, पूँजीगत खर्च २२ दशमलब १५ र व्यवस्थापन खर्च ३७ दशमलब ४१ प्रतिशत मात्रै गरेको छ । भयभएरको असारमा मात्रै खर्च गर्ने, सरकारले अझै ७८ प्रतिशत पूँजिगत खर्च गर्न बाँकी छ’, उनले भने, ‘भएभरको पैसा बैंकमा राख्ने र ब्याज खानेरु यसले गर्दा वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो ।’
सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणका काम ठप्प पारिएको उनको भनाइ छ। सांसद शाहीले ७ दिनभित्र मन्त्रीबाट जवाफ पनि माग गरे ।




















प्रतिक्रिया