Logo

राजनीति

शेखर–गगन समूहको बैठक बालुवाटारमा, आफ्नो समूहबाट मन्त्री बन्नेको नाम टुंग्याउने



काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बालुवाटारमा बसिरहेको छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा बिहानदेखि बसिरहेको बैठकमा आफ्नो समूहबाट मन्त्री बन्नेको नाम टुंग्याउने बताइएको छ ।

तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ ।

चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । तर शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ११:०४   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।