Logo

प्रमुख समाचार

सरकारलाई बालेनको चुनौती : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न सरकारलाई चुनौती दिएका छन् । केहीसमय अघि सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर नउठाउने अडान लिएपछि उनीप्रति सरकार आक्रोशित छ ।

तर उनले पुनः फेसबुकमा अर्को स्टाटस लेख्दै सिंहदरबार नै सार्न चुनौती दिएका हुन् । ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस’, उनले भनेका छन् ।

मेयर बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई कुनै आपत्ति नहुने बताएका छन् । ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’

महानगरपालिकालाई विभिन्न मन्त्रालयहरूले असहयोग गरेको भन्दै बालेनले केन्द्र सरकारसँग पैंठेजोरी खेलिरहेका छन् । तर उनको यो कदमप्रति सरकारले आपत्ति जनाउँदै त्यसबारे गम्भीर ध्यानाकर्षण गराउने मन्त्रिपरिषद्बाट निर्णयसमेत गरेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १२:५४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।