काठमाडौं । एसीसी प्रिमियर कपमा हङकङले सुखद सुरुवात गरेको छ । नेपालमा मंगलबारबाट सुरु एसीसी प्रिमियर कपमा सिंगापुरविरुद्ध हङकङले ८ विकेटको सहज जित निकालेको हो ।
‘समूह बी’मा रहेकाे सिंगापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि बाबर हायातले ९४ बलमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे।
निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । बाबर र निजाकतले तेस्रो विकेटका लागि अविजित १ सय ३२ रनको साझेदारी गरे ।
सिंगापुरका लागि आत्रिय दत्त र रमेश कालिमुथुले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ दशमलब १ ओभरमा अलआउट हुदै १७४ रन बनायो ।




















प्रतिक्रिया