Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी



काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लाने तयारी भएको छ । मंगलबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललाई थप उपचारका लागि भारत लाने तयारी सरकारले गरेको हो ।

ग्यास्ट्रिकको समस्या देखिएपछि गत सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए । राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ ।

यसअघि चैत १८ गते अस्पाल भर्ना भएर उनी २२ गते डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०६:३९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।