काठमाडौं । एसीसी प्रिमियर कपमा आज दुई खेल हुँदैछन् । कीर्तिपुर क्रिकेट मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी मुलपानी मैदानमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ । मंगलबार त्रिविमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । त्यसैगरी मुलपानीमा भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।
एसीसी प्रिमियर कपमा १० टोलीको सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।




















प्रतिक्रिया