काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बिहिबार दुई खेल हुँदैछ । पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् । पन्जाबको घरेलु मैदान मोहालीमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।
पाँच खेल खेलेको पन्जाब पाँचौ दुईमा जित सहित पाँचौ स्थानमा रहेको छ । बेंग्लोरले भने पाँच मध्ये दुई खेलमा जित निकालेर अंकतालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ । पन्जाब र बेंग्लोरबीचको पछिल्लो पाँच खेलमा चार खेलमा पन्जाब र एक खेलमा बेंग्लोर विजयी भएका छन् ।
आजै हुने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने आठमा खेल सुरु हुनेछ । दिल्ली र कोलकत्ता दुवैको यो छैटौं खेल हो ।
दुई टोलीबीचको पछिल्लो पाँच खेलमा दिल्ली बलियो देखिएको छ । दिल्लीले तीन खेल जित्दा दुई खेलमा जित हात पारेको छ । भारतका विभिन्न शहरमा आयोजना भइरहेको आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।




















प्रतिक्रिया