काठमाडौं । गीत सार्वजनिक भएर कडोड भ्यूज कटेपछि ‘सकम्बरी’का गायक प्रकाश सपूतको पहिलो प्रतिक्रिया आएको छ। हाल अमेरिकामा रहेको गायक सपूतको ‘सकम्बरी’ चाँडै चर्चित गीत भएको छ।
अन्य गीतहरुभन्दा बढी विवादित भएको यो गीतलाई लिएर धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । कतिपयले प्रेस विज्ञप्ति नै जारी गरेका छन भने कतिले आफ्ना धारण सञ्चार माध्यमबाट प्स्तुत गरेका छन् । प्रकाश सपूतले धने गीतलाई धेरैले मन पराएको, थोरैले आलोचनात्मक प्रतिक्रिया जनाएको र केहीले कमजोरी औंल्याइदिनु भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् । फेसबुकमार्फत रात्रीकालिन व्यवसायी संघको प्रेस विज्ञप्तिको जवाफ समेत फर्काएका सपूतले संघलाई नै सुध्रिएकोमा धन्यवाद दिएका छन् ।
उनले समाजमा रहेको वास्तविकतालाई गीतमार्फत आफूले सार्वजनिक गरेको उल्लेख गरेका छन् । उनले गीतलाई समाचार वा रिपोर्ट जसरी गम्भिर रुपमा लिन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘यति धेरै माया, प्रशंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईहरुको सहभागिता साँच्चिकै म्याजिकल छ ।अमूल्य छ । सबैखाले प्रतिक्रियालाई मनन गरेको छु । माया र प्रशंसाले हौसला मिलेको छ भने खबरदारीले सचेत गराएको छ । तपाईहरु सप्पैलाई एकमुष्ट रुपमा धन्यबाद मात्रै दिए पुग्छ कि जस्तो लाग्यो है ।’
प्रकाश सपूतकाे स्टाटस
धेरैले गीत सुनेर, हेरेर, टिकटक बनाएर मनोरञ्जन लिनुभएको छ । केहिले यसको विषयवस्तुलाई गम्भीर रुपमा मनन गर्नु भएको छ र हामीलाई धन्यबाद दिनु भएको छ । अलिकतिले चाहिँ यसका केहि कमजोरीहरु औंल्याउनु भएको छ ।
यति धेरै माया, प्रशंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईहरुको सहभागिता साँच्चिकै म्याजिकल छ ।अमूल्य छ । सबैखाले प्रतिक्रियालाई मनन गरेको छु । माया र प्रशंसाले हौसला मिलेको छ भने खबरदारीले सचेत गराएको छ । तपाईहरु सप्पैलाई एकमुष्ट रुपमा धन्यबाद मात्रै दिए पुग्छ कि जस्तो लाग्यो है । तर आधिकारिक संस्थाले प्रेस विज्ञप्ति नै निकाल्नु भएकाले यो विषयलाई चाहिँ सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो ।
याे पनि पढ्नुहाेस् : प्रकाश सपूतको ‘सकम्बरी’ विवादमा
श्री अध्यक्ष ज्यू,
रात्रीकालिन मनोरन्जन व्यवसायि संघ , काठमाण्डौ ।
पछिल्लो गित ‘सकम्बरी’ ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा विषय हो । यो सबै क्षेत्रमा छ ।अझ भनौ विश्वव्यापी छ । यो व्यक्ति विशेष छ । दृष्टि विशेष छ । प्रवृति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वभाविक हो । र, कुनै अर्को क्षेत्रमा छँदैछैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रीकालिन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो ।
कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्रीको रुपमा बुझिदिनुहोला । यदि रात्रीकालिन मनोरञ्जन व्यवसायी ९दोहोरी साँझ० हुँदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुँदैन थिएँ । म सधैँ ऋणी छु । आभारी छु । र साथै इमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैन्थ्यो भने, ‘सकम्बरीको’ कथा पनि मसँग हुँदैनथ्यो ।
गीत र भिडियोलाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरु आएपछि म शुरुमा अलिकति झस्किए । तर अहिले म ख़ुशी छु । तपाईहरु रात्रीकालिन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । ५ वर्ष साँझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु । तर त्यहिबाट म जस्तै थुप्रैले आफ्नो जीवनको लय भेटायौँ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामी भित्र पनि राम्रा र नराम्रा पक्ष र प्रवृति छन । त्यसमाथी बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ ।
ठूलो समस्या छ । यसरी समस्या सबै तिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने, रोज़गार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो । यसमा अझै धेरै भूमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौ त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन। त्यसैले यो देशकै समस्या हो ।
खैर, मेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महशुस भएको छ सबैसँग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन । कसैलाई असफल बनाएर आफू सफल हुनु छँदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन । म पनि यहि समाज र परिवेशको उत्पादन हुँ ।
मेरो चेतना पनि यहिँ निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकी नसकी र जानी नजानी गर्न खोजेको चाहिँ समाजका अँध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रीकालिन मनोरञ्जन व्यवसाय मात्रै होइन, देशका सबै क्षेत्रलाई , सबै अंगलाई मर्यादित बनाउन , सफल र समृद्ध बनाउन तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ ।
बाँकी, म फर्किएपछि दोहोरी साँझमा बसेर समिक्षा गरौँला, मूड चल्यो भने एउटा दोहोरी पनि सुनाउँला म । कुनै मिठो भाका छान्दै गर्नु होला ।





















प्रतिक्रिया