Logo

खेलकुद

एसीसी प्रिमियर कप : आज नेपाल र ओमान खेल्दै



काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । आज नेपालले आफ्नो ५० औं एक दिवसीय क्रिकेट खेल्दै छ । नेपालमा आयोजना भईरहेको एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ५० औं एकदिवसीय अन्तराष्ट्रिय ओडिआई मान्यता देश हुन् । त्यसैले यो खेल ओडिआई मान्यता प्राप्त हुनेछ ।

सन् २०१८ मार्च १५ मा एक दिवसीय मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ खेल खेलेको छ । यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि विकेट शतकको नजिक रहेका छन् ।

उनले आज १ विकेट लिएमा सर्वाधिक कम एक दिवसीय क्रिकेटमा १०० विकेट पूरा गर्ने छन् । यो रेकर्ड अहिले अफगानिस्तानका राशिद खानको नाममा रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०७:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।