एजेन्सी । फेसबुक प्रयोगकर्तालाई फेसबुकले क्षतिपूर्ति दिने भएको छ । सन् २००७ देखि सन् २०२२ को डिसेम्बरसम्मको अवधिमा फेसबुक अकाउन्ट खोलेका प्रयोगकर्तालाई फेसबुकको मातृ कम्पनी मेटाले क्षतिपूर्ति दिने भएको हो ।
फेसबुकमाथि सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकालाई गलत तरिकाले आफ्ना ८ करोड ७० लाख प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी दिएको आरोप लागेको थियो । सोही मुद्दामा क्षतिपूर्ति प्रदान गर्नका लागि फेसबुक सहमत भएको छ । अर्थात् फेसबुकले उक्त घटनाबाट प्रभावित भएकाहरुका लागि कूल ७२ करोड ५० लाख डलर क्षतिपूर्ति दिँदैछ । फेसबुकको मातृ कम्पनी मेटाले यस्ता फेसबुक प्रयोगकर्तालाई रकम दिने भएको छ ।
प्रयोगकर्ताहरूले कुनै पनि रकम सङ्कलन गर्नको लागि योग्य दाबी पेस गर्नुपर्छ । आगामी अगस्त २५ भित्र अनलाइनमार्फत रकम दाबी गर्न सकिनेछ ।
यसरी दिन सकिन्छ आवेदन
सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ को बीचमा फेसबुकमा खाता खोलेका प्रयोगकर्ताहरुले उक्त रकममा दाबी गर्न सक्दछन् । फेसबुकले प्रदान गर्ने रकम दाबी गर्न अनलाइन फारम भरेर पेश गर्नु पर्दछ । मास्टर कार्ड, पेपल, भेन्मो र जेल लगायतमा माध्मबाट रकम प्राप्त गर्न सकिनेछ ।
सन् २००७ देखि २०२२ भित्रको अवधिमा कुनै समय अमेरिकामा पुगेको र यो अवधिको कुनै समयमा फेसबुक चलाएकाहरुले उक्त रकममा दाबी गर्न सक्छन् । यदि तपाईं त्यस अवधिमा कहिल्यै पनि अमेरिका जानुभएको छैन भने आवेदनका लागि अयोग्य हुनु हुनेछ ।
प्रत्येक फेसबुक प्रयोगकर्ताले एउटा मात्र दाबी फाइल गर्न सक्छन् । यो रकम अन्तिम स्वीकृति सुनुवाइ सेप्टेम्बर ७ मा हुने तय भएको छ । उक्त मितिमा सेटलमेन्टलाई अनुमोदन भइसकेपछिमात्र रकम प्राप्त गर्न सकिनेछ ।





















प्रतिक्रिया