काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले टस हारेको छ । कीर्तिपुरस्थित खेल मैदान (टियु)मा भएको टस ओमानले जितेको हो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।
फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ । वैशाख १८ गतेसम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।




















प्रतिक्रिया