Logo

खेलकुद

रसिद खानको कीर्तिमान भंग : सन्दिप लामिछाने बने सर्वाधिक विकेट लिने खेलाडी



काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० रसिद खानको कीर्तिमान भंग गरेका हुन ।

रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् । नेपाल र ओमान दुवै ओडीआई राष्ट्र भएकाले आजको खेल एकदिवसीय मान्यता प्राप्त छ । नेपालले यसअघि मलेसियाविरुद्ध खेलेको म्याचमा सन्दीपले ३ विकेट लिए पनि त्यसको त्यो एक दिवसीय खेलको मान्यता प्राप्त नभएकाले त्यसको गणना भएन ।

ओमानविरुद्ध आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिएका हुन् । १२ औं ओभरको तेस्रो बलमा उनले ओमानका ब्याट्सम्यान अदिल सफिकलाई आउट गरे। त्यस लगत्तै १४ ओभरमा सन्दिपले अर्को विकेट लिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:२७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।