काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाललले ८ विकेट गुमाउँदै ५० ओभरमा ३१० रन जोडेको हो । रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ सेख, कुसल भुर्तेल, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने आउट भएका थिए । कुसल भुर्तेल र आशिफ शेखले रन बनाउनै सकेनन् । सन्दिप लामिछानेले १० बल खर्चेर ८ रन जोडेर आउट भए ।
रोहित कुमार पौडेलले ३४ बल खर्चेर दुई चौका प्रहार गर्दै २३ रन जोडे । आरिफ शेखले ३४ बल खर्चेर दुई चौका प्रहार गर्दै २९ रन जोडे । भिम सार्कीले ५६ रन खर्चेर १ छक्का र ४ चौका प्रहार गर्दै ३३ रन जोडे । कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै ६४ बलमा १० छक्का र ९ चौका प्रहार गर्दै १०८ रन जोड्न सफल भए । याे सँगै नेपालकाे ओडिबइमा सबैभन्दा कम बल खर्चेर धेरै रन बनाउने खेलाडी मल्ल भएका छन । दिपेन्द्र सिंह ऐरीले १२ बल खर्चेर ७ रन जोडे । करन केसी र साेमपाल कामीले नटआउट ९२ रन जाेडेर खेललाई राेमाञ्चक बनाए ।




















प्रतिक्रिया