Logo

प्रमुख समाचार

७८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा थप ७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा काेरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । आज थपिएकासँगै सक्रिय संक्रमितकाे संख्या ३८३ पुगेकाे छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १६:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।