Logo

समाचार

यात्री मोटरसाइकललाई सरकारले अनुमति नदिएकोमा महावीर पुनको आपत्ति, बृहत् जनआन्दोलन आह्वान



काठमाडौं । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्षसमेत रहेका वैज्ञानिक डा. महामीर पुनले अनुसन्धान, अवप्रवर्तनका लागि बृहत् जनआन्दोलन सुरु गर्नुपर्ने बताएका छन् । नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीलाई सरकारले अनुमति नदिएकोमा आपत्ति जनाउँदै उनले यसका लागि अब जनआन्दोलन गर्नुपर्ने बताएका छन् ।

यात्री मोटर साइकल एउटा उदाहरण मात्र भएको भन्दै डा. पुनले अनुसन्धानकर्ताहरुले यस्ता धेरै चिजहरु बनाएका तर अनुमति नपाएर दुख पाइरहेका उल्लेख गरेका छन् । ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जन आन्दोलन सुरु गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो । अनुसन्धानकर्ताहरु ले यस्ता धेरै चिजहरु बनाएका छन् र अनुमति नपाएर दुख पाइरहेका छन् । कानुन छैन भनेर कर्मचारीहरुले पन्छ्याई रहेका छन् र सरकारले कानून बनाउन वास्ता गर्दैन । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु’, उनले भनेका छन् ।

गण्डकी प्रदेश सरकारले आफूलाई र संघीय सरकारले यात्री मोटर साइकल टिमलाई गरेको अपमानजनक ब्याबहारले आफूलाई घाइते बनाएको डा. पुनको भनाइ छ । ‘अनुसन्धान र नबप्रबर्तन पर्ति गण्डकी प्रदेश सरकारले मलाई र संघीय सरकारले यात्री मोटर साइकल टिमलाई गरेको अपमानजनक ब्याबहारले मलाई शिकारीले घाइते पारेको बाघ जस्तै बनाएको छ । मर्नु नै परे पछि खुट्टा तानेर नै मर्ने नि । पहिला आन्दोलन गरौँ र बार्ता पछि गरौंला ।’, उनले भनेका छन्, ‘लु अब युबाहरु उठौं र आन्दोलनको तयारी गरौँ । आन्दोलन ब्यबस्थापनमा काम गर्न चाहनेहरुको फेसबुक, भाइबर, ह्वाटसप, ट्वीटर, इन्स्टाग्राम एकाउन्ट बनाएर अगाडि बढ्नु पर्छ । यो कुनै राजनैतिक आन्दोलन होइन तर राजनैतिक पार्टीहरुले भाग लिन सक्ने छन ।’

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार २१:५७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।