Logo

खेलकुद

एसीसी प्रिमियर कप : आज दुई खेल जारी



काठमाडौं । एसीसी प्रिमियर कपमा आज आईतबार दुई खेल हुँदै छ ।

मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना भएको छ । मुलपानी मैदानमा हुने खेलमा समूह ‘ए’ का मलेसिया र ओमानबीच खेल हुदै छ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘बी’ का युएई र सिंगापुरबीच खेल हुदै छ । दुवै खेल बिहान नौ बजे सुरु भएको हो ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार ०९:२०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।