काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछ । आज एक खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
लिगको ११ औं चरण अन्तर्गत आइतबार दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र थ्री स्टारबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । हिमालयन र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।




















प्रतिक्रिया