Logo

आजको तस्बिर

नेपाल टेलिकमबाट निष्काशित २१७ प्राविधिक सहायक सडकमा (तस्बिरहरु)



काठमाडाैं । नेपाल टेलिकमले २ सय १७ जना प्राविधिक सहायकलाई कामबाट निष्काशित गरेकाे भन्दै निष्काशित कर्मचारीहरुले बिरोध प्रदर्शन गरेका छन् । निष्काशित कर्मचारीहरुले टेलिकमबाहिर विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । अखिल नेपाल संघसंस्था, सञ्चार तथा छापाखाना श्रमिक संघ नेपाल टेलिकम मूल इकाई समितिले निष्काशित कर्मचारीको रोजगारी निरन्तरताको माग राख्दै टेलिकम केन्द्रीय कार्यालयअघि विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छाचारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन् । आफुहरुको रोजीरोटी खोसेको भन्दै उनीहरुले तत्क पुनर्बहालीको माग गरेका छन् । उनीहरु ८ दिनदेखि निरन्तर धर्नामा छन् । आठ दिनदेखि निरन्तर धर्ना बस्दा पनि टेलिकमले कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ ।

उनीहरुले निष्काशित कर्मचारीहरु पुनःबहाली गर, संसारका मजदुर एक हौं, सबैखाले ठेकदारी प्रथाको अन्त्य गरलगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालो पट्टी समेत बाँधेर नेपाल टेलिकमको बिरोध गरेका थिए ।

जागरिबाट निकालिएका कर्मचारीहरू विभिन्न आउटसोर्सिङ कम्पनीमार्फत टेलिकमको प्राविधिक सहायक रुपमा कार्यरत थिए । टेलिकमले आउटसोर्सिङ कम्पनी परिवर्तन गरेसँगै पुराना कम्पनीमार्फत टेलिकममा जोडिएकाहरूको रोजगारी गुमेको थियो ।

तस्बिरहरु हेर्नुहाेस्

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १९:०४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।