काठमाडौं । उपचुनाव भएका तीन वटै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि आज (आइतबार) चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन सम्पन्न भएको हो ।
आयोगका अनुसार सबै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ ।
आयोगका अनुसार आयोग अनुसार यही वैशाख १२ गतेभित्र मत परिणाम सार्वजनिक गर्ने गरी मतगणना हुने छ ।
- याे पनि…
उपनिर्वाचन : तीन वटै क्षेत्रमा सकियो मतदान, कहाँ कति खस्यो मत ?




















प्रतिक्रिया