Logo

राजनीति

उपनिर्वाचन : तीन वटै क्षेत्रमा सकियो मतदान, कहाँ कति खस्यो मत ?



काठमाडौं । उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मतदान सकिएको छ । चितवन २, तनहुँ १ र बारा २ मा आज –आइतबार) भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा आमनिर्वाचनमा भन्दा कम मत खसेको छ । चिवन २ मा यसपटक ६० प्रतिशतमात्र मत खसेको छ । गत ४ मंसिरको आमनिर्वाचनमा ६७.६३ प्रतिशत मत खसेकोमा यस पटक ६० प्रतिशतमा मात्र मत खसेको हो ।

यस्तै तनहुँ २ मा ५२ प्रतिशत मत खसेको छ । यहाँ गत मंसिरमा भएको निर्वाचनमा ५४।३६ प्रतिशत मत खसेको थियो ।
यसैगरी बारा २ मा ६१ प्रतिशत मत खसेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १८:११   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।