काठमाडौं । एसीसी प्रिमियर कपमा आज सोमबार दुई खेल हुँदैछ । टियु मैदान र मुलपानी मैदानमा समान १/१ खेल आयोजना हुँदैछ ।
मुलपानीमा हुने खेलमा समूह ‘ए’ का नेपाल र साउदी अरेवियाबीच खेल हुँदैछ ।
दुवै टोली प्रतियोगितामा आ-आफ्नो तेस्रो खेल खेलिरहेका छन् । नेपालले पहिलो खेलमा मलेसिया तथा दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
टियु कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल हुँदैछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।




















प्रतिक्रिया