Logo

राजनीति

बारा २ मा जनतमका शिवचन्द्रले तोडे उपेन्द्रको अग्रता



बारा । बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको अग्रता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले तोडेका छन् । पछिल्लो अपडेटअनुसार ६०१ मतका साथ जनमतका कुशवाहले यादवको सुरुवाती अग्रता तोडेका हुन् ।

दोस्रो स्थानमा पुगेका यादवको ५७१ मत छ भने उनलाई नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१० मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:४०   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।