तनहुँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेले मतगणनाको सुरुवातदेखि नै लिएका अग्रता कायमै राखेका छन् । उनले अग्रता थप बढाउने क्रममा २२ हजार २६० मत पाएका छन् ।
वाग्लेका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ मत ल्याएका छन् । भट्टराईभन्दा वाग्ले ९ हजार ३४९ मतले अगाडि छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ प्राप्त गरेका छन् । यी बाहेक तनहुँ १ मा कुनै पनि उम्मेदवारले डेढसय मत कटाउन सकेका छैनन् ।




















प्रतिक्रिया