Logo

प्रमुख समाचार

दुर्घटनाबाट बच्यो फ्लाइ दुबईको जहाज, विमानस्थलको टावरसँग अनुमति मागेर गन्तव्यतर्फ लाग्यो



काठमाडौं । त्रिभुवन विमानस्थलबाट उड्नसाथै बायाँ इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ।

त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाई पाइलटले उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टासरसँग अनुमति मागेर गन्तव्यतर्फ उडेको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका थिए । जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

नागरिक उड्यानमन्त्री सुदन किराँतीले पनि जहाज गन्तव्यतिर जाँदै गरेको र कसैले पनि चिन्ता लिन तथा आत्तिनु नपर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार २२:१७   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।