Logo

प्रमुख समाचार

गण्डकीमा तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान



पोखरा । गण्डकीमा तीन दिनभित्र बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न प्रदेश प्रमुख गुरुङले दाबी पेश गर्न तीन दिनको समय दिएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिसँगै पुस २५ गते बनेको एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन चैत १० गते माओवादीले फिर्ता लिएको थियो । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए । तर, विश्वासको मत नपाएपछि अधिकारी नेतृत्वको सरकार ९ गते शनिबार ढलेको थियो ।

उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ मा जाने वा २ बमोजमिकै सरकार गठनका लागि आह्वान गर्ने भन्ने अन्योल भएपछि कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा कानुनी परामर्शका लागि प्रदेश प्रमुख गुरुङ काठमाडौं पुगेका थिए । आइतबार साँझमात्र पोखरा फर्किएका गुरुङले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलकै सरकार गठन गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गरेका छन् । तर माओवादीले पनि सरकारको तृत्वमा दाबी गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १४:२०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।