Logo

राजनीति

बारा–२ : उपेन्द्रले कटाए १५ हजार मत, जनमतका कुशवाहा झन्डै ५ हजार मतले पछाडि



बारा । बारा २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार उनले १५ हजार १८३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन् । कुशवाहाले १० हजार ३७० मत प्राप्त गरेका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार २७ मत ल्याएका छन् । तनहुँ १ र चितवन २ मा शानदार जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा २ मा भने निक्कै पछि परेको छ । चौथो स्थानमा रहेका रास्वपाका रमेश खरेलले २ हजार ९५ मत पाएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १४:२८   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।