बारा । बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो पटक प्राप्त मतपरिणामअनुसार उनले १८ हजार ९६ मत पाएका छन् ।
यादवका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा १३ हजार ८३ मत पाएका छन् । कुशवाहा यादवभन्दा ५ हजार १३ मतले पछि छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत पाएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १६३ मत ल्याएका छन् भने पाचौं नम्बरमा रहेका आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १ हजार ९९० मत पाएका छन् ।




















प्रतिक्रिया