बारा । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका उपेन्द्र यादवसँगको मतान्तर घटाएका छन् । पाँच हजारभन्दा बढी मतले अग्रता लिएका यादवसँगको अग्रता कुशवाहाले ३ हजारमा झारेका छन् ।
पछिल्लो पटक प्राप्त मतपरिणामअनुसार जसपाका यादवले १८ हजार ८०८ मत ल्याउँदा जनमतका कुशवाहाले १५ हजार ४५८ मत पाएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका यादव जनमतका कुशवाहाभन्दा ३ हजार ३५० मतले मात्र अगाडि छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार २६८ मत पाएका छन् । खरेललाई पछ्याइरहेका आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले २ हजार १० मत प्राप्त गरेका छन् ।




















प्रतिक्रिया