Logo

राजनीति

फास्ट ट्र्याकका लागि जग्गा प्राप्तिको कामलाई छिट्टो टुंग्याउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेस फास्ट ट्र्याकको लागि जग्गा प्राप्तिको कामलाई छिटो टुंग्याउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

‘काठमाडौं–तराई–मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो’, उनले भने, ‘केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौं । त्यो समितिले काम अघि बढाएको छ । छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय पनि गरेको मन्त्री ज्वालाले बताए । त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १९:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।