काठमाडौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सिभिल लाइन्समा रहेको सरकारी निवासको मर्मतसम्भारमा भएको खर्चलाई लिएर भाजपा र आम आदमी पार्टीबीच विवाद छ। दिल्लीमा चर्चामा रहेका अरविन्द केजरीवाल यतिबेला भ्रष्ट्रचारी भएको आरोप खेपिरहेका छन् । अङ्ग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसले यो सम्पूर्ण विवादलाई प्रमुखताका साथ प्रकाशित गरेको छ । अखबारका अनुसार बीजेपीले दिल्लीका मुख्यमन्त्रीलाई आफ्नो निवासमा ४५ करोड रुपैयाँ खर्च गरेको आरोपमा ‘शाही राजा’ भनेको छ, जसको जवाफमा आम आदमी पार्टीले घर ८० वर्ष पुरानो भएको र यो अब सुरक्षित नभएको बताएको छ । घर पुनर्निर्माण गर्न आवश्यक रहेको आम आदमी पार्टीको तर्क छ।
अरविन्द केजरीवालले करदाताको पैसाबाट आफ्नो निवासमा ४५ करोड रुपैयाँ खर्च गरेको भाजपाले भने आरोप लगाइराखको छ । दिल्ली विधानसभामा विपक्षी दलका नेता रामवीर बिधुरीले केजरीवाललाई लक्षित गर्दै भने, ‘जब दिल्ली कोभिडको चपेटामा थियो, दिल्लीका मुख्यमन्त्रीले करोडौं खर्च गरेर आफ्नो घर सजाउँदै थिए, त्यसका लागि ४५ करोड खर्च गरे।’ नेता बिधुरीले केजरीवाललाई ‘शाही जीवन बिताउने राजा’ भनेका छन् र उनको राजीनामा मागेका छन्।
टाइम्स नाउ नवभारतका अनुसार दिल्लीका सीएमले आफ्नो घरको मर्मतमा करिब ४५ करोड खर्च गरेको जनाएको छ। अहिले दिल्लीका मूख्य मन्त्री अरविन्द केजरीवाल रहेका छन् ।
आम आदमी पार्टीले यो घर मुख्यमन्त्रीको आफ्नै घर नभई सरकारी निवास भएको र यो खर्च सरकारी सम्पत्तिमा मात्र भएको बताएको छ । आम आदमी पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो घर जीर्ण अवस्थामा थियो, यो सन् १९४२ मा बनेको थियो। यहाँ तीनवटा दुर्घटना भएका थिए, मुख्यमन्त्रीका आमाबुवाको कोठाको छत खसेको थियो, मुख्यमन्त्रीको सुत्ने कोठाको छत खसेको थियो र उनको कार्यालयको छाना पनि भत्कियो, सार्वजनिक निर्माण विभागले घर पुनर्निर्माण गर्न सुझाव दियो ।’
आम आदमी पार्टीको विज्ञप्तिमा थप भनिएको छ, ‘सार्वजनिक निर्माण विभागले एक मूल्याङ्कन गर्यो र लेखा परीक्षणको आदेश दियो, यो लेखापरिक्षण प्रतिवेदनमा नयाँ घर बनाउन सल्लाह दिइएको थियो। खर्चको बजेट बनाएर अर्थ विभागले स्वीकृत गरेको हो ।’ मुख्यमन्त्रीको घरमा ३० करोड रुपैयाँ खर्च भएको र बाँकी रकम मुख्यमन्त्री निवासको कम्पाउण्डमा रहेको उनको क्याम्प अफिसमा खर्च भएको अधिकारीहरूले बताएका छन् ।
सार्वजनिक निर्माण विभागका कागजातमा मर्मतसम्भारको विवरणअनुसार सिभिल बाहेक घरमा बिजुली, प्लम्बिङको काम, व्यक्तिगत स्मार्ट बत्तीका लागि भोल्टेज फिक्सर, ऊर्जा दक्ष ८० फ्यान, डम्बवेटर लिफ्ट (फुड डेलिभरी लिफ्ट) लगायत २३ वटा दृश्य रहेका छन् । आम आदमी पार्टीले यो खर्चलाई अन्य सरकारी आयोजनामा हुने खर्चसँग तुलना गर्नुपर्ने बताएको छ ।
पार्टीले भन्यो, ‘प्रधानमन्त्रीको नयाँ घरमा ४ सय ६७ करोड रुपैयाँ खर्च भइरहेको छ भने सेन्ट्रल भिस्टाको वास्तविक लागत २० हजार करोड रुपैयाँ तोकिएको छ। ७ आरसीआर मर्मत गर्न पनि ८९ करोड रुपैयाँ खर्च भएको छ। त्यसमा १५ करोड रुपैयाँ खर्च भएको छ। भाजपाले यो मुद्दा उठाइरहेको छ किनभने यसले जनताको ध्यान वास्तविक मुद्दाबाट हटाउन चाहन्छ।’




















प्रतिक्रिया