काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यतिबेला भारतमा उपचारको क्रममा रहेका छन् । उनलाई छातीमा समस्या भएको र थप उपचार आवश्यक भएका कारण भारत लगिएको छ।
तर उनको उपचार नेपालमै सम्भव रहेको भन्दै विभिन्न टिक्का टिप्पणी भइरहेको छ । नेपाली सञ्चार माध्यमले पनि उनको उपचार नेपालमै सम्भव भएकोमा भारत पठाइएको भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि राष्ट्रपतिको उपचार खर्चले नेपालको दुर्गम ठाउँमा अस्पताल सञ्चालनमा ल्याउन सकिँने भन्दै तीब्र टिप्पणी गरिरहेका छन् । तर राष्ट्रपति कार्यालय सचिवालयले भने यसबारेमा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।
सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलको आफ्नै इच्छाभन्दा पनि प्रधानमन्त्री तथा शिर्ष राजनीतिक दलका नेतृत्वले भारत जान भनेकाले भारत उपचारमा जानुपरेको जनाएको छ।
कार्यलयको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्वति, कानून, नियम र निश्चित विधि अनुसार हुने स्पष्ट हुँदा हुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चार माध्यम तथा सामाजिम सञ्जालमा फैल्याइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भैरहेको जनाइएको छ।





















प्रतिक्रिया