काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । जोर्डनको प्रिन्स मोहमद स्टेडियममा बुधबार भएको खेलमा नेपाल इरानसँग १–० गोल अन्तरले पराजित भएको हो ।
इरानको जित एरिसा कुह गार्डले निर्णायक गोल गरिन् । खेलको ८१ औं मिनेटमा एरिसाले गोल गरेकी थिइन् । समूह ‘एच’ मा रहेको नेपालले अब दोस्रो खेलमा शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ ।
यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।




















प्रतिक्रिया