काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ ।
टियु मैदान र मुलपानी मैदानमा समान १/१ खेल आयोजना हुँदैछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ ।
यो खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।
१० राष्ट्र सहभागी प्रतियोगितामा ५/५ राष्ट्रको दुई समूह रहेको छ । हरेक समुहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । दुई सेमिफाइनलका विजेताबीच सोमबार फाइनल खेल रहेको छ । फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ ।
एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।




















प्रतिक्रिया