Logo

खेलकुद

एसीसी प्रिमियर कप : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपालले टस हारेको छ । टस हारेको नेपालले कतारविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि टुंगो हुनेछ ।

समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह ‘बी’ बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।

आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०९:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।