काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले कतारसँग खेलिरहेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले खराब ब्याटिङका कारण सस्तैमा समेटियो ।
१५८ रनको लक्ष्य पाएको कतार अहिले जवाफी ब्याटिङमा छ । यसक्रममा नेपालले छैटौं सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै ललित राजवंशीले १ विकेट लिए ।
अहिलेकाे ताजा अवस्थामा कतारले १३ दशमलव ३ ओभर खेल्दै ६ विकेटकाे क्षतिमा ४२ रन बनाएकाे छ । अहिले क्रिजमा खुर्रम शाहजद र अमिर फरुक छन् ।




















प्रतिक्रिया