Logo

खेलकुद

वर्षाले प्रभावित नेपाल र कुवेतबीचको खेल सुरु, ओभर घटाइयो



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको खेल पुन सुरु हुने भएको छ । टियु मैदानमा जारी खेलमा वर्षाका कारण रोकिएको थियो । खेल १ बजेबाट सुरु हुनेछ । खेल ४२ ओभरमा छोट्याइएको छ ।

पहिला ब्याटिङ गरिरहेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको पछि पानी परेको थियो । नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए ।

अहिले कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको लागि क्रिजमा रहेका छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार  १ : ०३ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।