Logo

खेलकुद

नेपाल एसीसी प्रिमियर कपको फाइलनमा



काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । वर्षाका कारण कुवेतसँगकाे सेमिफाइनल खेल रद्द भएपनि नेपाल फाइनलमा पुगेको हो । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।

जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो । नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्न पर्थ्यो । ६ विकेट गुमाई सकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिन्थ्यो । तर थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको हो ।

कुवेतविरुद्ध करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । अर्को एक विकेट सोमपाल कामीले लिएका थिए ।

त्यसअघि नेपालले रोहित पौडेलको कप्तानी इनिङ्समा कुवेतलाई विशाल लक्ष्य दिएको थियो । रोहितले ९५ बलमा ९४ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लले ४४ बलमा समान ४ चौका र छक्का प्रहार गरी ५७ रन बनाए ।

यसअघि कुशल भुर्तेल र आसिफ शेखले १० ओभरमा ७६ रन जोडि नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल भुर्तेलले ११ औं ओभरमा ३९ बलमा ४३ रन बनाई आउट भए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।

भीम सार्की १ रनमा आउट भए । आसिफ शेख २८ बलमा ३१ रन बनाई आउट भए । उनले ३ छक्का र १ चौका प्रहार गरे । आरिफ १९ बलमा २ चौका र १ छक्कासहित १९ रन बनार आउट भए । दीपेन्द्रसिंह ऐरी शून्यमै आउट भए । सन्दीप लामिछाने ५ र करण केसी ६ रनमा आउट भए । सोमपाल कामी १३ र ललित राजवंशी २ रनमा अविजित रहे । कुवेतका एडनान इद्रिस र मोहम्मद अस्लामले ३३ विकेट लिए ।

अपराजित रहँदै फाइनलमा पुगेकाे नेपालले अब ओमन र यूएईबीचकाे विजेतासँग खेल्नेछ । च्याम्पियन टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा सहभागीता जनाउने छन् । शीर्ष तीनमा रहने देशले एसीसी ईमर्जिङ कप खेल्नेछ ।

प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार  ४ : ५२ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।