काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता डीपी (डोलप्रसाद) अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । नागरिकता विवाद प्रकरणमा सर्वोच्च अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेपछि संसदीय दलको नेताका जिम्मेवारी अर्यालले सम्हालेका थिए ।
तर हालै सम्पन्न उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सांसद अर्यालले दलको नेताबाट राजीनामा घोषणा गरेका हुन् । ‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु’, अर्यालको राजीनामा दिँदै भनेका छन् ।





















प्रतिक्रिया