काठमाडाैं । काठमाडौं उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भयाे । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार शनिबार काठमाडौं उपत्यका, पोखरा, ताप्लेजुङलगायत क्षेत्रमा मेघगर्जन र चट्याङसहित धेरै वर्षा भयाे ।
वर्षाकै कारण एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीच भएकाे सेमिफाइनल खेल अर्थहीन हुन पुग्याे । टियु क्रिकेट मैदानमा सुरुमा पानी परेर २ घण्टा खेल राेकिएपछि ४५ ओभरमा झारिएकाे खेल फेरि वर्षा भएपछि थप तीन ओभर घटाएर ४३ ओभरमा ल्याइएकाे थियाे ।
नेपालले राेहित पाैडेलकाे कप्तानी ब्याटिङकाे सहयाेगमा ४२ खेल्दै कुवेतलाई २८२ रनकाे विशाल लक्ष्य दिएकाे थियाे । त्यस्पछी कुवेत जवाफी ब्याटिमा रहँदा पुन: वर्षा भएपछि खेल नै रद्द भयाे । डीएलएस मेथडबाट निर्णय लिन कुवेतले २० ओभर खेलेकाे हुनुपर्थ्याे । तर कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनः रोकियो । यससँगै समूह ए काे बिजेताका रुपमा सेमिफाइनलबाट नेपाल साेझै फाइनलमा पुगेकाे छ ।
यसैगरी मुलपानी क्रिकेट मैदानमा भएकाे ओमन र यूएईबीचकाे खेल पनि अन्तिममा आएर वर्षाले प्रभावित बनायाे । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षा भएपछि खेल स्थगित भयाे, र डीएलएस मेथडबाट निर्णय लिइएको हो । यूएई २ रनले विजयी हुँदै फाइनलमा पुगेकाे हाे ।
अब नेपाल र यूईएबीचकाे फाइनल खेल साेमबार टियु मैदानमा हुने तालिका छ । तर स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा अझै तीन दिन वर्षाको सम्भावना रहेकाले उक्त खेल प्रभावित हुन सक्ने देखिएकाे छ । त्यसअघि तेस्राे स्थानकाे लागि हुने ओमन र कुवेतबीचकाे खेलसमेत वर्षाकाे शिकार हुन सक्ने देखिएकाे छ ।
मौसमविद् नगरकोटीका अनुसार भोलि र पर्सि पनि वर्षाको सम्भावना छ । प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन/चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।
- याे पनि…
प्रतिक्रिया