काठमाडौं । एसीसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ । वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि (एकदिवसीय अन्तर्राष्ट्रिय) ओडिआई वरियतामा अघि रहेको ओमान स्वतः इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।
कुवेतले दिएको १३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षापछि पुनः खेल हुन सकेको थिएन । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ३० रन मात्र बनाएको थियो ।
इमर्जिङ कपमा प्रिमियर कपका शीर्ष तीन टोलीले स्थान बनाउनेमा फाइनलमा स्थान बनाएका नेपाल र युएई छनोट भइसकेका छन् । इमर्जिङ कप आगामी जुलाईमा हुँदै छ ।




















प्रतिक्रिया