एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर करण केसीले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिए ।
उनले भृत्यलाई आसिफ शेखबाट क्याच आउट गरेका हुन् ।
नेपालको टोलीमा एक परिवर्तन भएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा गुलसन झाले स्थान बनाएका छन् ।
प्रतिक्रिया