Logo

खेलकुद

सन्दीपले दिलाए नेपाललाई पाँचौँ सफलता



एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएई विरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आफ्नो शिकार बनाएका हुन् ।

यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । यूएईले ५१ रनमा ५ विकेट गुमाएको छ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १०:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।